नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझीले सुत्नै प्रहरी हिरासतमा सुत्नै नपाएको गुनासो गरेका छन् । आइतबार बुढानीलकण्ठबाट पक्राउ परेका रायमाझीले आज सरकारी वकिलको कार्यालयमा अनिदो रहेको भन्दै बयान दिन मानेनन् ।
प्रहरी हिरासतमा हल्ला भएकाले रातभरी सुत्न नसकेको उनको भनाई छ । उनलाई थप अनुसन्धानका लागि तीन दिनको म्याद थप गरिएको छ ।
रायमाझी र खाण राज्यका पूर्वपदाधिकारी मात्र नभएर रायमाझी एमालेका सचिव हुन् भने खाण कांग्रेस केन्द्रीय सदस्य हुन् ।
नेकपा माओवादीले १० वर्ष सञ्चालन गरेको सशस्त्र द्वन्द्वको पृष्ठभूमिबाट उदाएका रायमाझी शान्तिप्रक्रियामा आइसकेपछि अर्घाखाँचीबाट लगातार सांसद निर्वाचित हुँदै आएका छन् । यसैक्रममा उनी एकपटक उपप्रधानमन्त्री र एकपटक मन्त्री भएका भइसकेका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री खाण पक्राउ परेपछि मात्र एमालेले उनलाई सचिव पदबाट निलम्बन गरेको छ ।




















प्रतिक्रिया