Logo

अर्थ

इच्छाराज तामाङको हाउजिङ लिलामीमा



काठमाडौंँ । सहकारीबाट बचतकर्तालाई ठगी गरेपछि जेलमा रहेका इच्छाराज तामाङको हाउजिङ लिलामीमा परेको छ । प्रभु बैंकले बुधवार एक सूचना जारी गर्दै सितापाइलामा रहेको कोट्से भैरव हाउजिङ एण्ड डेभलपर्स प्रालिका घरहरु लिलामीमा राखेको हो ।

तत्कालीन सेञ्चुरी कमर्सियल बैंकसँग लिएको कर्जा नतिरेपछि प्रभु बैंकले लिलामीको सूचना जारी गरेको हो ।इच्छाराज तामाङ सहकारीको पैसा डुबाएको अभियोगमा जेलमा छन्। उनीमाथि अन्य ठगीको मुद्दा पनि लागेको छ।

कर्जाको किस्ता साँवा, व्याज भुक्तानीका लागि बैंकले ताकेता गर्दा समेत ऋणी तथा जमानतकर्ताले कर्जा नियमित तथा चुक्ता फछ्यौट गर्नेतर्फ चासो नदेखाई आलटाल गरी बसेकाले हाउजिङ लिलामीमा राखेको बुझिएको छ ।

तामाङ सहकारीको करिब ८ अर्ब बचत रकम ठगी गरेपछि जेल जीवन बिताइरहेका छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार १२:१४   :  बजे

309
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।