Logo

अर्थ

३२.३० अंकले बढ्यो नेप्से, १ अर्ब ४७ करोडको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज ३२.३० अंकले बढेकाे छ । नेप्से परिसूचक ३२.३० अंकले बढेर १८७७.३२ बिन्दुमा पुगेको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.२३ अंकले बढेर ३५८.१८ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँको कारोबार भएको छ ।

कुल १३ वटै उपसमूहको सेयर मूल्यमा हरियाली छाएको छ । आज कारोबार भएका कम्पनीमध्ये २०४ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ११ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहीबार १५:३४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।