Logo

अर्थ

सिटी होटलको आईपीओ बाँडफाँड सम्पन्न



काठमाडौं । सिटी होटल लिमिटेडको आईपीओ आज (शुक्रबार) बिहान ८ः३० बजे सोल्टीमोडस्थित सिटी होटेलमा बाँडफाँड गरिएको छ ।

सिटी होटलले कुल १६ लाख ७४ हजार कित्ता आईपीओ बिक्रीको अनुमति पाएको मध्ये १ लाख ६७ हजार ४०० कित्ता विदेशमा रहेका श्रमिकका लागि बिक्री गरिसकिएको थियो ।

बाँकी कित्तामध्ये ६६ हजार ९६० कित्ता कर्मचारी र ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । त्यसमा बाँकी १३ लाख ५५ हजार ९४० कित्तामा सर्वसाधारणले आवेदन दिएका छन् ।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यो आईपीओमा १० लाख ९२ हजार ६६७ आवेदकबाट कुल १ करोड १८ लाख ९५ हजार ३७०० कित्ता सेयर माग भएको छ । जसमा १० लाख ८७ हजार ६७५ आवेदकबाट परेको १ करोड १८ लाख ३३ हजार ७१० कित्ता सदर भएको छ भने ४ हजार ९९२ आवेदकबाट परेको ६१ हजार ६६० कित्ता बदर भएको छ ।

आईपीओमा भाग्यमानी १ लाख ३५ हजार ५९४ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । सदर आवेदकमध्ये ९ लाख ५२ हजार ८१ आवेदकको हात खाली भएको छ । सिटी होटेलको आईपीओ गत वैशाख २५ गतेदेखि वैशाख २८ गतेसम्म सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार १०:४६   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।