धरान । नविल बैंककका ग्राहकको खाताबाट रकम चोरी भएको छ । नविल बैंकको धरान शाखाबाट ग्राहकदुई ग्राहकको रकम चोरी भएको हो ।
उक्त बैंक शाखबाट सारदा राई र श्याम थुलुङको खातामा भएको रकम हराएको हो । नविल बैंक धरान शाखाबाट आफ्नो ६६ हजार ३५० रुपैयाँ नगद हराएको धरान १३ की सारदा राईले बताइन् । उनका अनुसार आफ्नो खाताबाट पटक पटक गरी अन्य बैंकको खातामा रकम ट्रान्सफर गरि आफ्नो पैसा चोरी गरिएको हो । उनले बैंकबाट रकम चोरी भएपछि रकम फिर्ता तथा दोषीलाई कारबाहीका लागि प्रहरीमा उजुरुरी दिएकी छन् ।
त्यस्तै धरानका श्याम थुलुङले पनि नविल बैंकमा रहेको आफ्नो खाताबाट ८० हजार रुपैयाँ चोरी भएको छ । उनका अनुसार बैंकबाट गत वैशाख ३१ गते उक्त रकम चोरी भएको हो । रकम चोरी भएपछि उनले पनि इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् ।
दुबै जनालाई अपरिचित व्यक्तिले बैंकबाट फोन गरेको भन्दै खाता नम्बर मागेर बैंक खाता ह्याक गरि रकम चोरी गरेको पीडितहरुले बताएका छन् । नविल बैंक धरानका प्रबन्धक उज्वल भण्डारीले बैंकका ग्राहकहरुलाई ह्याकरले बैंक कर्मचारी बनेर फोन गरि खाता नम्बर र पासवर्ड मागेर मोबाइल बैंकिङमार्फत रकम ठगि गरेको पाइएको बताए ।
उनले ग्राहकहरुको रकम ह्याक गरि ठगि गर्नेलाई पत्ता लगाउन बैंकको केन्द्रिय कार्यालयमार्फत पहल भइरहेको बताए। इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले नविल बैंकबाट ग्राहकको रकम हराएको विषयमा अनुसन्धान भइरहेको बताए।
यसअघि एभरेष्ट बैंकको इटहरी शाखाबाट ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गर्ने म्यानेजरसहित ९ जना कर्मचारीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।




















प्रतिक्रिया