Logo

प्रमुख समाचार

शरणार्थी प्रकरणबारे ओलीकाे टिप्पणी : ‘भूइँचालो आफै आको हो, मैले ल्याएँ भन्नु बेकार छ’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारसँग जोडिएका कुनै पनि विषयमाथि छानबिन गरेर दोषीलाई कानुनी कठघरामा उभ्याउनुपर्ने बताएका छन् । आगामी वर्षका नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै ओलीले भ्रष्टाचारसँग जोडिएका कुनै पनि कालखण्डको काण्ड र त्यसमा जोसुकै संलग्न भएपनि छानबिन गरेर कारबाही गर्न सघाउन एमाले तयार रहेको बताए ।

‘भ्रष्टाचारसँग जोडिएका कुनै पनि विषय सकैमाथिको भएपनि छानबिन होस् । अहिले सरकारले भ्रष्टाचारका सबै विषयलाई कानुनी दायरमा ल्याउने कुरा त गर्दै छ । तर मलाई पत्यार लागेका छैन’, उनले भने, ‘सरकार त्यही कसिएझैँ गर्छ अनि फेरि त्यही विकृति नियन्त्रण गर्छु भन्छ ।’ ओलीले एक पटक इच्छा शक्तिका साथ भ्रष्टाचारका सबै विषयलाई छानबिन गरेर एक दिन जोकोही भ्रष्टाचारी भएपनि कानुनी दायरमा आउँछ भन्ने विश्वास जनतालाई दिलाउन सक्नुपर्ने बताए ।

ओलीले अहिले चर्चामा रहेको नक्कली शरणार्थी प्रकरणलाई लिएर आफ्नो कुनै संलग्नता नरहेको पनि प्रष्ट्याए । उनले बरु भुटानी शरणार्थीहरुलाई विगतमा मन्त्री तथा प्रधानमन्त्री हुँदा तेस्रो मुलुकमा पुर्नवासका लागि व्यवस्था मिलाइदिन महत्वपूर्ण भूमिका खेलेका बताए । ओलीले अहिलेको नक्कली शरणार्थी प्रकरणबारे पहिल्यै उजुरी परेको भएपनि अहिलेसम्म लुकाइएको भन्दै सरकारमाथि नै प्रश्न उठाए । गएको जेठ १९ गते नै प्रहरीमा पीडिले उजुरी दिएका र आरोपितलाई पक्राउ पनि गरिएको तर सरकारकै दाबाबमा छाडिएको आफूले थाहा पाएको बताए ।

‘गएको वर्ष जेठ १९ मै उजुरी परेको रहेछ, तर लुकाइयो । केश दबाउने कोसिस भएको देखियो । म सरकारमा थिइन । तर त्यसैबेला मान्छे पक्राउ परेका रहेछन् । साटाकसुटुक पक्राउ परेकालाई छाडिएछ’, उनले भने ।

अहिले आफै विष्फोट भएर यो विषय बाहिर आए पनि सरकारले जस लिन खोजेको उनले बताए । ‘अहिले भुँचालो आयो । ९७५ जना मान्छेहरुसँग फराम भर्दा पैसा लिइएको रैछ । अहिले यो भूचालो आफै आयो’, सरकारप्रति लक्षित गर्दै उनले भने, ‘मैले ल्याएँ भन्नु बेकार छ ।’

एमाले अध्यक्ष ओलीले आहिले नक्कली शरणार्थी प्रकरणमा निर्दोषलाई फासाउन खोजिएको भन्दै आपत्ति पनि जनाए । ‘निष्पक्षपूर्वक छानबिन गर्नुस् । यसमा एमाले सँधै साथ दिन तयार छ’, उनले भने, ‘तर अहिले निर्दोष फसाउने र दोषी उम्काउने प्रयास भइरहेको छ । यसो गरियो भने भोलि झन् भयानक भएर यो विषय आउँछ । आगो छोप्न सकिन्छ । धुवाँ सकिन्न ।’

ओलीले तीन शीर्ष नेताहरुको भेटको विषयलाई लिएर पनि आफ्नो बचाउ गरे । ‘देश कसरी चलाउने ? सहमतिय बाटोमा कसरी जाने ? कानुन निर्माण र संशोधन गर्नुपर्ने छ, यी सबै विषयमाथि छलफल गर्दैनन् ?’, उनले भने, ‘दुईजना त दूधको महाकुण्डमा नुहाएका भइहाले भेट्यो कि खाली ओलीले दोषीको बचाउन गर्न खोज्यो भनिया छ ।’

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १३:४६   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।