Logo

अर्थ

विगत १० वर्षदेखिको बजेट उस्तै-उस्तै : सांसद सिंह



काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारकाे बजेट, नीति तथा कार्यक्रम उस्तैउस्तै देखिएकाे बताएका छन् । साेमबार संसद्मा बोल्दै सिंहले विगत १० वर्षको बजेटको ट्रेन्ड हेर्दा कपि पेस्ट गरेर तयार गर्ने गरिएको बताए ।

‘तपाईँहरू कर्मचारी सरुवा गर्नुहुन्छ । कम्प्युटर अपरेटर किन सुरुवा गर्नुहुन्न । जो सरकार आए पनि त्यहीँ कम्प्युटर अपरेटरले कपि पेस्ट गरेर हाल्छ’ सिंहले भने, ‘विगत १० वर्षको बजेट हेर्नुभयो भने थोरै तलमाथि हुन्छ नभए सबै उस्तै हुन्छ । यो गरिने छ त्यो गरिने छ अन्तिममा केही हुँदैन ।’

नीति, कार्यक्रम र नियत एक ठाउँमा कसरी पार्ने होला भन्ने बुझ्न नसकेको सिंहले बताए । ‘नीति एकातिर हुन्छ कार्यक्रम अर्कोतिर हुन्छ । नियत अर्कोतिर हुन्छ । नीति, कार्यक्रम र नियत कसरी एक ठाउँमा पार्ने बुझ्न सकेको छैन’ सिंहले भने, ‘यो भन्दा अघि गठबन्धन सरकार थियो अर्थ मन्त्री रुकुमको हुनुहुन्थ्यो । बजेट सबै रुकुम गयो । गठबन्धनका एउटा पार्टनर सभापति देउवा हुनुहुन्थ्यो बजेट डडेलधुरा गयो अर्को पार्टनर प्रचण्डजी हुनुहुन्थ्यो चितवन गयो ।’

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १६:१२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।