Logo

अर्थ

सरकारमाथि गोकुल बास्कोटाको कटाक्ष : प्रतिपक्षमाथि झम्टिएर उल्टो बाटो हिँड्नुभयो



काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले प्रतिपक्ष दलमाथि सत्तारुढ दलहरु झम्टिएको टिप्पणी गरेका छन् । मंगलबार प्रतिनिधिसभामा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले एमालेले सल्लाहसझुाव दिँदा सत्तापक्ष उल्टो बाटो हिँडेको बताएका हुन् ।

‘नीति तथा कार्यक्रम यहाँ छलफल गर्न लिएर आइएको भन्ने लागेको थियो । छलफलमा उठेका विषय सत्तापक्षले सुन्ने धैर्यता राख्लान् भन्ने थियो’, उनले भने, ‘तर आफ्नो कजोरी लुकाउन, तीव्र प्रतिवाद गर्ने उल्टो बाटो समातेर हिँडेको देखियो ।’

सत्ता पक्षले आफूहरुमाथि आइलागेपछि केही जवाफ दिनुपर्ने आवश्यक्ता औंल्याएको बताए । ‘हामीले पनि केही जवाफ दिनैपर्ने देखियो’, उनले भने, ‘एमाले लोकतन्त्र, राष्ट्रियता, स्वाधिनता र सामाजिक न्यायासहितको परिर्वतनको, पुर्नजागरणको विश्वासको विश्वविद्यालय हो । यो विश्वविद्यालयको भीसी, इन्जिनियर जे जे भने पनि केपी ओली हो । उहाँबाट तपाईंहरुले सिक्नुस्, यो सुल्टो बाटे यो हुन्छ होला ।’

तथ्यको खडेर लाखेपछि सत्तापक्षका सांसदहरुले कुतर्क गरेका पनि सांसद बास्कोटाको टिप्पणी छ । ‘कांग्रेसको आर्थिक नीति, माओवादकिो कथित जनयुद्धको राजनीतिको फ्यूजनले कन्फ्यूजनमा पारेको खास प्रकारको क्षमता भएको मान्छेले हात्तिको कान छामेजस्तो अमूर्त जस्तावेज लिएर आउनुभाछ’, उनले भने, ‘अर्थतन्त्रमा देखिएका सबै समस्या सम्हालेर लग्ने जिम्मेवारी कसको ? यो कुनै कुरा यहाँ छ र ?’

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १२:३२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।