Logo

अर्थ

मधेशलाई विशेष प्रदेश घोषणा गर्नुपर्छ : सिके राउत



काठमाडौं । जनमत पार्टीका अध्यक्षसमेत रहेका सांसद चन्द्रकान्त(सिके) राउतले मधेश प्रदेशलाई विशेष प्रदेश घोषणा गर्न माग गरेका छन् । प्रतिनिधिसामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले मधेश कर्णालीभन्दा पनि हरेक आँकडामा मधेश पछाडि देखिएको भन्दै मधेशका लागि विशेष ‘रेस्क्यू’ प्याकेज ल्याउनुपर्ने बताए ।

‘मधेशलाई प्रथमिकतामा राखिएकोमा धन्यवाद । कर्णालीभन्दा पिछडिएको मधेश हो । जुम्लाभन्दा मधेशका महोत्तरी, रौतहट पछाडि छन् । सबै आँकडा हेर्दा पनि मधेश पछि छ । हामीलाई कर्णालीमा खान पाइँदैन भनेर पढाइन्छ, मधेश अन्नको भण्डार हो भनिन्छ । तर मधेशका करिब ५९ प्रतिशत बच्चाहरु रक्तअल्पताको शिकार छन् कुपोषणका कारणले’, राउतले बताए ।

मधेशको साक्षरता दर पनि कर्णालीको भन्दा कम रहेको उनले बताए । ‘कर्णालीको साक्षरता दर ७६ प्रतिशत छ भने मधेशको ६३ मात्र छ’, उनले भने, ‘अब मधेशलाई प्राथमिकतामा राखेर मात्र हुँदैन । यसलाई विशेष प्रदेश घोषणा गरी विशेष रेस्क्यु प्याकेज घोषणा गर्नुपर्छ ।’

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १३:१४   :  बजे

567
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।