काठमाडौं । नेकपा एकीकृत समाजवादी सांसद राजेन्द्र पाण्डेले नीति तथा कार्यक्रमाथिको छलफलका क्रममा प्रतिपक्षबाट पनि केही राम्रा सुझावहरु आएकाले त्यसलाई पनि समेटेर जानुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभामा बैठकमा धारणा राख्दै सांसद पाण्डेले नीति तथा कार्यक्रम फिर्ता नै लिन भने नपर्ने बताए ।
‘यसलाई फिर्ता नै लिनु त पर्दैन’, उनले भने, ‘तर प्रतिपक्षबाट पनि केही राम्रा सुझावहरु आएका छन् । यसलाई समेटेर जाँदा राम्रो हुन्छ ।’
उनले कार्यक्रममा परेका कुरालाई बजेटले नसमेटेसम्म अर्थ नहुने पनि बताए । ‘यहाँ बोलिएका र उठाइएका कुरा जति बेला बजेटमा ‘रिफ्लेक्ट’ हुन्छ जब मात्रै यो सफल हुन्छ । नभए यहाँ प्राथमिकतामा राखिन्छ तर बजेटमा एक रुपैयाँ नराख्ने हो भने यसको अर्थ हुँदैन । यतातिर ध्यान जान जरुरी छ । ’
सांसद पाण्डेले जस्तोसुकै परिस्थितिमा पनि राष्ट्रिय गौरवका योजनाहरु भने अघि बढाउनुपर्ने र यसलाई प्राथमिकताका साथ बजेटमा समेट्नुपर्ने पनि धारणा राखे ।




















प्रतिक्रिया