अनलाइनपाना सम्वाददाता
काठमाडौं । ‘विश्वास लिन्छौं, विश्वास दिन्छौँ’ भन्दै २०७० सालमा स्थापना भएको प्रभु बैंक पछिल्लो समय खराव कर्जाको दलदलमा फसेको तथ्य उजागर भएको छ । यसले गर्दा बैंकमा रकम अभाव बढ्दै गएको छ । यो अवस्था लम्बिदै गए प्रभु बैंकमा निक्षेपकर्ताको रकम जोखिममा पर्न सक्ने देखिन्छ ।बैंकका सिइओ शेरचनले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई १ अर्ब २० करोड, शिव शिखर एग्रोलाई ७५ करोड, भूमि इन्फ्रास्ट्रक्चर र नेपाल जनरल मार्केटिङको नाममा ठूलो रकम कर्जा लगानी गरेको तथ्य अनलाइन पानालाई प्राप्त भएको छ । बैंकले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई लगानी गरेको अर्ब बढी ऋण रकम उठाउन नसकिने भन्दै कर्जा विभागले सिइओ समक्ष रिपोर्ट गरिसकेको भएपनि बैंकले रिपोर्टमा सो खराव कर्जाको विषय गुपचुप राखेको छ । यसअघि सोही प्रकृतिको जानकी मेडीकल कलेजमा लगानी भएको रकम पनि डुबिसकेको छ ।
व्यवसायी दुर्गा प्रसाईँमाथि भएको कर्जा लगानी असुल नहुने अवस्थामा
व्यवसायी दुर्गा प्रसाईँ जो आफैंले एउटै बैंकबाट मात्र अर्ब बढी रकम कर्जा लिएका छन् उनैले खुलेआम बैंकको ऋण नतिर्ने अभियाननै सञ्चालन गरेका छन् । उनले आफु मात्र होइन अन्य बैंक वित्तीय संस्थाबाट कर्जा लिनेहरुलाई समेत बैंकको ऋण नतिर्न हौस्याएका छन् । यो कुराको बैंक वित्तीय संस्थाले आपत्ती जनाउन थालेपछि आफ्नो भनाईलाई सँच्याउँदै व्याज घटाएमात्र ऋण तिर्न भन्दै आएका छन् । यिनै कुरालाई हेर्दा प्रभु बैंकबाट प्रसाइँले लिएको ऋण सजिलै फिर्ता आउने देखिँदैन । उनिमाथि लगानी गरेको रकम डुब्ने निश्चितजस्तै छ ।बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेका प्रसाईंले विभिन्न सप्लायर्सबाट मेडिकल सामग्री खरिद गरेको रकम समेत नतिरेको खवर बाहिरिएको छ । उनले रकम तिर्न आनाकानी गरेपछि आपूर्तिकर्ताले उनिविरुद्ध मुद्दा दायर गरेको छ। प्रसाईंका दुई कम्पनी बीएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, पूर्वाञ्चल क्यान्सर अस्पताल ले लिएको १६ करोड ६ लाख १५ हजार ७६० रुपैयाँ साँवा र कानुन बमोजिमको ब्याजसमेत माग गरेर सात वटा मुद्दा वैशाख २४ गते झापा जिल्ला अदालतमा दायर भएका छन्।
शेरचन सीइओ भएर स्विकृत गरेका धेरैजसो कर्जा खराब नजिर भएका संस्था र व्यक्तिमा लगानी गरेको पाइएको छ । त्यस्तै बैंकबाट ७५ करोड कर्जा लगानी भएको शिव शिखर एग्रोकी सञ्चालक गिता शर्मा पनि यतिबेला रकम हिनामिना गरेको आरोपमा थुनामा छिन् । यसैसँग आवद्ध शिवशिखर सहकारीको बचत फिर्ता गर्न नसक्दा उनका श्रीमान केदारनाथ शर्मा फरार छन् भने अन्य सञ्चालकहरु पुष्कर मल्ल र अनिश राज भण्डारी यसअघि पक्राउ परिसकेका छन् । यसरी गलत पात्र र तिनका कम्पनीहरुमा लगानी भएको बैंकको रकम नउठ्ने जोखिम बढ्दा हजारौं बचतकर्ताको निक्षेप रकम डुब्ने खतरा बढेको हो ।
व्यवसायी दुर्गा प्रसाईँको रकम असुल गर्न नसक्ने अबस्थामा पुगेको बैंक कर्जा व्यबस्थापन विभागले जनाएको छ । तथापी सिइओ अशोक सेरचन आफै उक्त व्यवसायमा अप्रत्यक्ष रुपमा संलग्न छन् । केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा शेरचन र प्रसाईबीच सहकार्यको सहमति भएको थियो । जतिवेला अन्य बैंकहरुबाट समेत गरी प्रसाईले ४ अर्बको हाराहारीमा कर्जा अपचलन गरिसकेका थिए । प्रसाई भने अहिले एमाले छाडेर राजावादी समुह निर्माण गरिरहेका छन् । बैंकका सिइओ सेरचन एमालेका सक्रिय कार्यकर्ता हुन् ।
बढ्यो खराब कर्जा
बिग मर्जरमा जानु अघिनै बैंक कमजोर रहेको थियो । आफ्ना कमजोरी लुकाउन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक सेरचनले धेरै हत्कण्डा अपनाउने गरेका छन् । चैत मसान्तसम्म बैंकले देखाएको रिपोर्ट अनुसार बैंकको खराब कर्जा अनुपात (एनपीएल) ३.४८ प्रतिशत पुगेको छ । तथापी यो तथ्यांक भन्दा अझ धेरै खराव कर्जा छ । जसलाई बैंकले गुपचुप अवस्थामा राखेको छ ।
अघिल्लो वर्ष एनपीएल १.२१ प्रतिशतमा सीमित रहेको बैंकको खराव कर्जा आगामी असार मसान्तसम्म १० प्रतिशत पुग्ने देखिन्छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक सेरचनले विभिन्न ठुला गु्रपसँग मिलेर व्यवसाय संचालन गरिरहेका छन् । जसमा उनी आफै प्रत्यक्ष संलग्न भएर कर्जा प्रवाह गरेको देखिन्छ । बैंकले करिव १० अर्ब डुवेको रकम रिपोर्टमा देखाएको छैन ।
बैंकले डुव्दै गरेका कम्पनीका नाममा कर्जा प्रवाह गर्ने र त्यसबाट सिइओले फाइदा लिने गर्दा बैंकको रकम जोमिम तर्फ गएको हो । बैंकको खराव सुचकांक बढ्दै गएको छ । बैंकको ईपीएस घटेर ११.०७ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस १५.७२ रुपैयाँ थियो । पीई रेसियो १२.३२ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४२.८५ रुपैयाँ रहेको छ ।ठूलो र बलियो बन्ने होडबाजीले प्रभु बैंकले हालै सेन्चुरी बैंकलाई आफूमा गाभेर एकीकृत कारोबार गरेको छ । प्रभु बैंकले १ः१ को स्वाप अनुपातको समान हैसियतमा सेन्चुरीलाई प्राप्ति गरेको हो ।
हाल बैंकका अध्यक्ष लीलाप्रकाश सिटौला कायम छन् भने प्रमुख कार्यकारी अधिकृतमा अशोक शेरचन शेरचनको अवधि सकिएपछि जबरजस्त बैंक मर्जर गराएर उनलाई फेरि सिइओ बनाइएको हो । उनको यस अघि आठ बर्ष अर्थात दुइ कार्यकालको अवधि पुरा भइसकेको छ । सो भन्दा बढी एउटै बैंकमा बस्न नमिल्ने राष्ट्र बैंकको नियमामवलीमा उल्लेख छ । उनको सिइओ पदको विरुद्ध नेपाल राष्ट्र बैंक र उच्च अदालतमा मुद्दा कायमै छ । तथापी उनले आफु विरुद्धको मुद्दा लम्ब्याउन अनेक चलखेल गरिरहेका छन् ।
कहिले टुंगिएला वित्तीय अपचलनमा मुछिएका प्रभु बैंकका सिईओ शेरचनको मुद्दा ?(भिडियो रिपोर्ट)
प्रभु बैंकमा शेरचनको मनोमानी, ससुराकै नाममा अर्बौ ऋण प्रबाह, राष्ट्रबैक मुकदर्शक
प्रभु बैंकका सीइओ शेरचनको अर्को बदमासी, टाट पल्टिएको शिव शिखर एग्रोका नाममा झण्डै १ अर्व ऋण प्रवाह
‘पावरफुल’ कर्मचारी रश्मी पन्तले चलाउँछिन् प्रभु बैंक, ‘सिनियर’ डेपुटी सीइओहरु निरिह
देउराली सहकारीको ५ अर्बको सम्पत्ति एक अर्बमै हडप्ने दाउमा प्रभु बैंक, बचतकर्ता चिन्तित
सिइओ अशोक शेरचनको स्वार्थले प्रभु बैंकको अर्बौँ रुपैयाँ डुब्ने जोखिममा
कहिले टुंगिएला वित्तीय अपचलनमा मुछिएका प्रभु बैंकका सिईओ शेरचनको मुद्दा ?(भिडियो रिपोर्ट)
सिइओ अशोक शेरचनको स्वार्थले प्रभु बैंकको अर्बौँ रुपैयाँ डुब्ने जोखिममा




















प्रतिक्रिया