Logo

अर्थ

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । साताको पहिलो दिन (आइतबार) सुनको मूल्य घटेको छ ।

आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ८०० रुपैयाँ कायम भएको छ ।

गत शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६० रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३४५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार ११:४९   :  बजे

258
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।