काठमाडौं । विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारले बताएको छ ।आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । मन्दीले आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सिमित हुने सरकारको अनुमान छ ।
बजेट सार्वजनिक गर्नु भन्दा एक वा २ दिन अगाडी आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने चलनलाई समात्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभाको आइतवारको बैठकमा आर्थिक सर्वेक्षणको सारांश सुनाएका हुन्।आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्मको प्रमुख आर्थिक गतिविधि , समग्र आर्थिक स्थिति, प्रमुख आर्थिक सूचक तथा परिसूचकहरुको अवस्था र विश्लेषण समावेश हुन्छ सोही बमोजिम महतले फागुनसम्मको सर्वेक्षण सुनाएका हुन् ।
महतले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा समग आर्थिक स्थिति, प्रादेशिक आर्थिक तथा सामाजिक स्थिति, सार्वजनिक वित्त, मूल्य विश्लेषण, वित्तीय क्षेत्र, बाह्य क्षेत्र, गरिवी निवारण र रोजगारी, कृषि वन तथा भूमिसुधार लगायतका अवस्था उल्लेख गरिएको छ । त्यस्तै उद्योग वाणिज्य आपूर्ति पर्यटन, आवास तथा सहरी विकास, वातावरण र उर्जा, भौतिक पूर्वाधार यातयात र संचार, सामाजिक क्षेत्र, पुननिर्माण, सुशासन, प्रशासन, लगायतका विषय पनि छन् ।
सार्वजनिक सर्वेक्षणमा पुँजीगत, प्रविधि, कार्यक्षमता लगायतमा कमजोर रहेका सार्वजनिक संस्थानलाई निजी क्षेत्रबाट सञ्चालन गरिने योजना सरकारले अघि सारेको छ ।
यस्तो छ पूर्णपाठ –
[pdf-embedder url=”https://www.onlinepana.com/wp-content/uploads/2023/05/७९८०-आर्थिक-सर्वेक्षण-पाठ्यवस्तु-मात्र.pdf” title=”७९८० आर्थिक सर्वेक्षण पाठ्यवस्तु मात्र”]




















प्रतिक्रिया