काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ ।
संघीय संसद भवन, बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमार्फत बजेट सार्वजनिक हुन लागेको हो । बैठक दिउँसो ४:१५ बजे बोलाइएको छ ।
‘अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ । नयाँ संविधान जारी भएपछि हरेक वर्ष गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते सरकारले नयाँ बजेट सार्वजनिक गर्दै आएको छ ।




















प्रतिक्रिया