Logo

आजको तस्बिर

टुँडिखेलमा मनाइयाे १६औं गणतन्त्र दिवस (तस्बिरहरू)



काठमाडाैं । काठमाडौंको टुँडिखेलमा १६औं गणतन्त्र दिवस मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विभिन्न कार्यक्रामकाे आयाेजना गरी दिवस मनाइएकाे हाे ।

टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिद्वारा दिवस मनाउन बिहान विशेष समारोह आयोजना गरी गरिएकाे थियाे । नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस विविध कार्यक्रम आयोजना गरी मनाउँदै आइएकाे छ ।

तस्बिरहरु हेर्नुहाेस्:–

तस्बिर : रासस

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १२:०१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।