काठमाडौं । मन्त्रिपरिषद्ले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेट पारित गरेको छ । बजेट पारित भएपछि बजेट सार्वजनिक गर्ने बाटो खुलेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गरेको हो ।
सरकारले हरेक वर्ष जेठ १५ मा बजेट ल्याउने गरेको छ । त्यसैअनुरुप संघीय संसदको दुवै सदनमा आज अर्थमन्त्री प्रकाशशरण महतले बजेट पेश गर्देछन् ।




















प्रतिक्रिया