Logo

अर्थ

हुलाक बचत बैंक खारेज



सरकारले हुलाक बचत बैंक खारेज गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०-०८१ को बजेट प्रस्तुत गर्दै हुलाक बचत बैंक खारेज गर्ने घोषणा गरेका हुन्।

हुलाक बचत बैंक बन्द गरेर हुलाक बचत बैंकमा जम्मा भएको रकम खातासहित बाणिज्य बैंकमा सारिने भएको छ। कमर्शियल बैंकमा लगिने अर्थमन्त्री महतले संसद मार्फत जानकारी गराएका हुन्। त्यस्तै हुलाक बचत बैकमा कार्यरत कर्मचारीहरुलाई पनि पारिश्रमिक दिएर बिदाई गरिने उनले जानकारी दिएका हुन्।

नेपालमा भने आर्थिक वर्ष ०३३/३४ देखि यस्तो सेवा सुरु भएको थियो। कतिपय देशमा यसलाई ‘गरिबको बैंक’ भनेर पनि ब्याख्या गर्ने गरिएको छ। एक सय रुपैयाँ पनि जम्मा गर्न सकिने र आवश्यक परेमा त्यति रकम नै झिक्न सकिने  र अन्य बैंकभन्दा आकर्षक ब्याज पाइने भएकाले नेपालमा पनि कतिपय ठाउँमा यसको प्रयोग बढ्ने क्रममा थियो।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १८:५९   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।