Logo

प्रमुख समाचार

नेपालको भूमि नक्सामा राखेर भारतले ठीक व्यवहार गरेन, प्रधानमन्त्री जी हटाउन भन्नुस् : केपी ओली



नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतको संसद भवनमा राखिएको नक्साप्रति आपत्ति जनाएका छन् ।

उनले नेपालको भूमि आफ्नो नक्सामा समावेश गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भारतजस्तो नमूना लोकतन्त्र भएको मुलुकले गरेको व्यवहारलाई उचित मान्न नसकिने बताए । ‘लुम्बिनी, कपिलवस्तु भारतको नक्सामा पारेर, संसद भवनमा काठमा कुँदेर राख्यो भनेर सुनेका छौं । नेपालको भूमि आफ्नो नक्सामा राखेर संसदजस्तो ठाउँमा भारतजस्तो पुरानो, सुदृढ र नमूना लोकतन्त्र भनिएको मुलुकले यस्तो व्यवहार गर्‍यो भनेर उचित भन्न सकिँदैन,’ उनले भने ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणका बेला यो कुरा उठाउन माग गरे। ‘प्रधानमन्त्री भोलि भारत भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँले त्यो नक्सा हटाउनुस्, त्यो गल्ती सच्याउनुस् भनेर भारत सरकारसँग भन्न सक्नुपर्छ । कुरा गर्नुपर्छ । त्यति कुरा गर्न सक्नुहुन्न भने भारत भ्रमण किन जाने ?,’ उनले प्रश्न गरे ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार १०:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।