Logo

राजनीति

कीर्तिमानी आरोही हरिबहादुर बुढामगरलाई देउवाकाे बधाई



काठमाडाैं । नेपाली कांग्रेसका सभापती एवं पूर्व प्रधानमन्त्री शेरबहादुर कीर्तिमानी आरोही हरिबहादुर बुढामगरलाई सम्मान गर्दै बधाई दिएका छन् । दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक बुढामागरले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेर विश्व कीर्तिमान बनाएका छन् ।

उनलाई कांग्रेस सभापति देउवाले आज (बिहीबार) बधाई दिएका हुन् । ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा युद्ध मैदानमा दुवै खुट्टा गुमाएपछि पनि कृत्रिम खुट्टाको सहायताले उनले सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएका हुन् ।

झण्डै पाँच वर्षको प्रयासपछि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका थिए । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटिश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा मुनिबाट गुमाए थियो । बुढामगरले बेलायती सेनाको गोर्खा रेजिमेन्टमा १५ वर्ष सेवा गरेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहीबार १४:३७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।