Logo

प्रमुख समाचार

अदालतमा टेकनाथले भने– ‘टोपबहादुरले सानु र केशवसँगै मलाई प्रचण्ड निवासमा पुर्‍याएका थिए’



काठमाडौं । नक्कली भुटार्नी शरणार्थी प्रकरणमा पक्राउ परेका टेकनाथ रिजालले मुख्य योजनाकार नेकपा एमालेका नेता टोपबहादुर रायमाझी भएको जिकिर गरेका छन् । उनले बयानमा सानु भण्डारी र केशव दुलाल नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने भनेर आफू कहाँ आएको बताएका छन् ।

आफूले केपी ओली र प्रचण्डलाई भेटाउनुस् भनेपछि काठमाडौं ल्याएर टोपबहादुर रायमाझी कहाँ पुर्‍याएको उनको बयान छ । रायमाझीसँग भएको कुराकानी क्लियर नभएपछि प्रचण्ड कहाँ लगेको भन्दै उनले भनेका छन्, ‘प्रचण्ड निवासमा म, टोपबहादुर रायमाझी, सानु भण्डारी र केशव दलाल पुगेका थियौं ।’

भेटमा रायमाझीले सानु र केशवलाई प्रचण्डसँग चिनजान गराएका थिए । आफूले भुटानी शरणार्थी व्यवस्थापनका सम्बन्धमा कुराकानी गर्न आएको भन्दै उनले भनेका छन्, ‘प्रचण्डले म आज एकदमै व्यस्त छु, टोपबहादुर रायमाझीसँग सबै कुरा गर्नु होला । सम्बोधन हुनसक्ने भए समाधान गर्नु भन्नु भयो ।’

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार १४:५७   :  बजे

1.2K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।