Logo

प्रमुख समाचार

‘समृद्ध नेपाल: सुखी नेपाली’को नारा भन्ने आँट कसैले गरेनन् : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपालः सुखी नेपाली’को नारा कसैले बोक्ने आँट नगरेको बताएका छन् । उनले आफ्नो सरकार हटेपछि अरूले समृद्धि नेपालः सुखी नेपालीको नारा बोक्ने आँट नगरेको बताएका हुन् ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भने, ‘हामी सरकारबाट हटेपछि समृद्ध नेपालः सुखी नेपाली भन्ने शब्द कुनै सरकार, कुनै प्रधानमन्त्री, कुनै नेता हाम्रा विपक्षहरू कसैले पनि समृद्ध नेपाल भन्ने आँट गर्दैन। सुखी नेपाली भन्ने आँट गर्दैन। ह्वाट दे वान्ट ? समृद्ध नेपाल भन्ने जसको आँट छैन। भन्न सक्दैन,’ उनले भने।

उनले कुनै व्यक्ति नभई सिंगो समाजलाई माथि उठाउन आफूहरूले समृद्धिको एजेन्डालाई अघि बढाएको तर्क समेत गरे। छिटो विकास गर्न आफूहरूले समृद्धिको एजेन्डालाई अघि बढाएको अध्यक्ष ओलीको भनाइ थियो।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार १६:०८   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।