Logo

प्रमुख समाचार

बालकृष्ण खाणले अदालतमा भने– ‘आङटावासँग मेराे कुरा भएको छैन, बयान फेर्न लगाएकाे पनि हाेइन



काठमाडौं । नक्कली शरणार्थी प्रकरणका अभियुक्त बालकृष्ण खाणले आफूले कसैलाई पनि बयान फेर्न नलगाएको बताएका छन् । जिल्ला अदालत, काठमाडौंमा थुनछेक बहस हुनुअघि भएको बयानका क्रममा उनले इन्कारी बयान दिएका हुन् ।

आफू गृह मन्त्री हुँदा गृह सचिव रहेका टेकनारायण पाण्डे, सानु भण्डारी र केशव दुलाललाई विभिन्न व्यक्तिमार्फत भेटेर आफूविरुद्ध बयान नदिन लगाएको अभियोग अस्वीकार गर्दै उनले यी कुरामा सत्यता नरहेको बताएका हुन् ।

‘कसैमार्फत उनी (टेकनारायण) सँग मेरो कुराकानी र लेनदेन भएको भन्ने कुरा पनि सरासर झुटो हो’, उनले भनेका छन्, ‘आङटावा शेर्पासँग पनि मेरो कुनै कुरा भएको छैन, बयान बदल्न पनि लगाएको छैन ।’

अनुसन्धान अधिकृतहरुले शेर्पामार्फत खाँणले आरोपी सानु भण्डारीको वयान बदल्न लगाएको निष्कर्षसहित जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमार्फत अदालतमा मुद्दा दायर गरेका थिए ।

खाँणले त्यसलाई अस्वीकार गर्दै भनेका छन्, ‘मैले पीडितलाई रकम फिर्ता गर्न भनी नरेन्द्र केसीमार्फत आङटावा शेर्पालाई रकम दिएको भन्ने व्यहोरा झुटो हो, उहाँले केका आधारमा कागजमा यस्तो व्यहोरा लगाउनुभयो, त्यसबारे जानकारी भएन ।’

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार १६:१९   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।