Logo

प्रमुख समाचार

राष्ट्रपति पौडेलले गरे ६ देशमा गैरआवासीय राजदूत नियुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ६ वटा देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । पौडेलले संविधानको धारा १८२ को उपधारा १ बमोजिम विभिन्न देशका आवासीय राजदूतलाई थप देश समेत हेर्नेगरी गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन् ।

जसअनुसार ब्राजिलका राजदूत निर्मलराज काफ्लेलाई गणतन्त्र चिली, मलेसियाका राजदूत डिल्लीराज पौडेललाई ब्रुनाई दारुसलाम, रुसका राजदूत मिलनराज तुलाधरलाई गणतन्त्र काजखस्तान, अष्ट्रियाका राजदूत भरत कुमार रेग्मीलाई क्रोएसिया र डेनमार्कका राजदूत राम स्वार्थ रायलाई निथुआनियाको गैरआवासीय राजदूत समेत नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १५:२७   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।