Logo

प्रमुख समाचार

एक घण्टाका लागि भनेर स्थगित गरिएको प्रतिनिधिसभा बैठक अब सोमबार बस्ने



काठमाडौं । प्रतिपक्षी दलहरुको अवरोधपछि एक घण्टाका लागि भनेर स्थगित गरिएको प्रतिनिधिसभा बैठक भोलि (सोमबार)मात्रै बस्ने भएको छ । बैठक सोमबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए । विशेष कारण आज बैठक बस्न नसकेको सूचनामा उल्लेख छ ।

नेकपा एमाले, रास्वपा र राप्रपालगायका प्रतिपक्षी दलहरुले सदन छलेर नागरिकता विधेयक सरकारले राष्ट्रपतिलाई प्रमाणीकरण गराएको भन्दै बैठक चल्न नदिएपछि सभामुख देवराज घिमिरेले एक घण्टाका लागि भनेर बैठक स्थगित गरेका थिए ।

प्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्ड भारत भ्रमणमा जानु केहीघण्टा अघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणी गरेका थिए । अघिल्लो कार्यकालको सदनले प्रमाणीकरणका लागि पठाएको र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी संविधान विपरीत ‘होल्ड’ गरेका उक्त विधेयक नयाँ जनादेशअनुसार आएको सदनमा छलफल नभई राष्ट्रपति पाैडेलले मन्त्रिपरिषद्काे सिफारिसमा प्रमाणीकरण गरेका थिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आईतवार १५:४१   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।