काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले केही दिनअघि प्रमाणीकरण गरेका नागरिकता (विधेयक) ऐन तत्काल कार्यन्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आइबतार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतले ऐन कायृन्वयन नगर्न अन्तरिम आदेश दिन नपर्ने भए के कति आधार र कारणबाट अन्तरिम आदेश दिनु नपर्ने हो सो सम्बन्धमा कारण देखाउ आदेश जारी गर्दै छलफलका लागि बोलाएको छ ।
अघिल्लो प्रतिनिधिसभाबाट प्रमाणीकरणका लागि पठाइएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विदादेवी भण्डारीले संविधा विपरीत ‘होल्ड’ गरेपछि हालका राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका थिए । तर उक्त प्रमाणीकरण संविधान विपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबार सर्वोच्चमा रिट दर्ता गराएका थिए ।




















प्रतिक्रिया