Logo

राजनीति

नागरिकता विधेयकसँग मन्त्रिपरिषद्को कुनै साइनो छैन : सूर्य थापा



काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले नागरिकता विधेयकसँग मन्त्रिपरिषद्को कुनै साइनो नहुने बताएका छन् । मन्त्रिपरिषद्को अनुरोधमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेकोप्रति आपत्ति जनाउँदै यस्तो बताएका हुन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्रीले विधेयकबारे धारणा राख्दै गर्दा आपत्ति जनाउँदै सांसद थापाले भने, ‘विधेयकसँग मन्त्रिपरिषद्को कुनै साइनो हुँदैन ।’

सांसद थापालाई जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरका लागि मन्त्रिपरिषद्ले सिफारिस नभई अनुरोध मात्र गरेको बताए ।

‘मन्त्रिपरिषद्ले विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई सिफारिस गरेको होइन, अनुरोध मात्र गरिएको हो । तपाईँको दराजमा सदनबाट दुईदुई पटक पारित भएको आको विधेयक छ है मात्र भनेको हो’, उनले भने, ‘सदनबाट पारित नभएका विधेयकहरु प्रतिनिधिसभा नरहेको अवस्थामा शून्यमा परिणत हुन्छन् । तर यो विधेयकको सम्बन्ध दुई दुई पटक पारित भएर राष्ट्रपतिकहाँ पुगेको विधेयक हो ।’

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १६:१२   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।