Logo

प्रमुख समाचार

भारतले गरेको स्वागतलाई लिएर प्रधानमन्त्रीले भने– प्रचण्डलाई भएर राज्यमन्त्री आको भन्ने होइन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा आफूलाई राज्यमन्त्रीले स्वागत गरेको विषय स्वभाविक भएको बताएका छन् । नेपालको प्रधानमन्त्रीलाई राज्यमन्त्रीले स्वागत गरेर कम आँककेको भनेर भइरहेका टिक्काटिप्पणीलाई लिएर उनले कतिपय अवस्थामा सचिवले समेत स्वागत गर्ने बताए ।

‘धेरे प्रधानमन्त्रीहरु जाँदा राज्यमन्त्री आएका छन्’, उनले भने, ‘अझ कतिपय अवस्थामा त सचिव पनि आएका हुन्छन् । प्रचण्डलाई भएर राज्यमन्त्री आको भन्ने होइन ।’

प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति आउँदा जस्तै आफ्नो पनि स्वागत भएको बताए । ‘दिल्लीमा पनि जुनसुकै प्रधानमन्त्री जाँदाको जस्तै थियो’, उनले भने, ‘अमेरिकाको राष्ट्रपति आउँदा यस्तो स्वागत भएको थियो एक पटक । तर अर्काे पटक नेपालको प्रधानमन्त्री आउँदा पनि भयो भनेर उनीहरुले नै भने ।

प्रकाशित मिति : २२ जेष्ठ २०८०, सोमबार १७:१५   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।