विराटनगर । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको गरेको छ । विराटनगरमा आज (मंगलबार) बसेको प्रदेश संसदीय दलको बैठकले नेकपा एमालेका हिकमत कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
यस्तै आजै कोशी सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय पनि बैठकले गरेको माओवादी प्रदेश कमिटीका उपाध्यक्ष शिव डाँगीले बताए । प्रदेश सरकारमा माओवादी केन्द्रबाट दुर्गा चापागाईँ भौतिक पूर्वाधार र जीवन आचार्य पर्यटन वन तथा वातावरण मन्त्री छन् । उनीहरुलाई आजै राजनीनामा दिन निर्देशन दिइएको छ ।




















प्रतिक्रिया