Logo

राजनीति

७० वर्षे उमेर हद हटेसँगै वामदेव गौतम एमालेमै फर्कन तयार



काठमाडौं । विभक्त भएको तत्कालीन नेकपालाई एक गराउने भन्दै छुट्टै समूह बनाएका बामदेव गौतम अन्ततः एमालेमै फर्कने भएका छन् । राष्ट्रिय सभाका सांसद एवं पूर्व उपप्रधानमन्त्री समेत रहेका गौतम एमाले प्रवेश गर्न तयार रहेका छन् ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीमाझ आफूसँग रहेका साथीहरुसहित एमालेमै फर्कन आफू तयार रहेको प्रतिक्रिया दिएका हुन् । तर त्यसका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रस्ताव गर्नुपर्ने एमालेका उपाध्यक्ष समेत रहिसकेका गौतमको शर्त छ ।

पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्वन गर्ने एमालेले निर्णय गरेलगत्तै बामदेव एमाले फर्कन तयार भएका हुन् । ‘यदि उहाँहरुले मलाई खबर गर्नुभयो । तपाईंलाई अहिले पनि निलम्वन भएको छ । आगामी महाधिवेशनसम्म निलम्बन भइरहन्छ । तपाई आउनुपर्यो भन्नुभयो भने म र मसित रहेका जेजति साथीहरु छन् । त्यो लिएर त्यहाँ एकीकृत हुन हामी जान्छौैं । यहि अवस्थामा जान्छौं । अरु केही पर्दैन अब’ उनले भने, ‘उहाँ (ओली)ले आउनुस् भन्नुपर्छ । किनभने पार्टी उहाँसँग छ । मसँग पार्टी छैन अहिले ।’

प्रकाशित मिति : २४ जेष्ठ २०८०, बुधबार १९:४३   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।