Logo

प्रमुख समाचार

काठमाडौंका मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा !



काठमाडौं । अखण्ड भारतको नक्सालाई टक्कर दिँदै मेयर बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न लगाएका छन् ।

उनी विदेश भ्रमणमा रहे पनि उनको कार्यकक्षमा नक्सा राखिएको महानगरपालिकाका एक कर्मचारीले अनलाइन पानालाई बताए । त्यसो त योभन्दा अघि सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष असिम राईले पनि ग्रेटर नेपालको नयाँ नक्सा आफ्नो कार्यकक्षमा राख्न भन्दै एकहप्ता अगापड बनाउन दिएको बताएका छन् ।

नक्सा बनेर आइनसकेकोले नक्सा राख्न ढिलो हुने उनले बताए । मेयर शाहले पनि पहिल्यै नयाँ नक्सा राख्न भनेर तयारी गर्न लगाएका थिए । त्यसैअनुरुप नक्सा मेयरको कार्यकक्षमा राखिएको हो । मेयर बालेको यो कामको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार १७:१०   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।