काठमाडौं । नेपाली काङ्ग्रेसको पूर्व केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री स्वर्गीय मीना पाण्डेको शोक सभामा बोल्दै सांसद डा आरजु राणा देउवाले कांग्रेसका आगामी दिन अझै चुनौतीपूर्ण रहेको बताएकी छन् ।
स्वर्गीय मीना पाण्डेमा पार्टीप्रती पूर्ण लगाभ रहेको र उनले आफ्नो पूरै जीवन नेपाली काङ्ग्रेस पार्टीप्रति समर्पित गरेको बताउँदै सांसद देउवाले उनको काम र निष्ठाकाे अनुशरण गर्नुपर्ने बताइन् । स्वर्गीय पाण्डेले गरेको त्याग नेपाली काङ्ग्रेसले सधैंभरी उच्च सम्मानको साथ मूल्यांकन गर्ने डा. देउवाले बताइन् ।
नेपाल महिला संघको केन्द्रीय कार्यालयमा भएको शोक सभा कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य सांसद देउवाले अहिले सातै प्रदेशमा नेपाली काङ्ग्रेसको सरकार रहेको, नेपाली काङ्ग्रेस पहिलो पार्टीको रुपमा स्थापित भएको कुरा बताउँदै नेपाली काङ्ग्रेसले गरेको उपलब्धिहरु जनतामा सुसूचित गराउन आवश्यक रहेको बताइन । उनले मिडियाको प्रयोग गरी गाली गलौजमा उत्रिएर चुनाव जित्ने वातावरणप्रति सबैजना सचेत रहन आवश्यक भएको बताइन् ।
शोक सभा नेपाल महिला संघकी अध्यक्ष उषा मिश्रको सभापतित्वमा सम्पन्न भएको थियो ।




















प्रतिक्रिया