काठमाडौं । नेपाल तरुण दल सिन्धुपाल्चोकले मिर्गौला पीडित हेलम्बु गाउँपालिका ४ निवासी सीता माया तामाङलाई आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौला फेल भएकी तामाङलाई तरुण युवा तथा समाजसेवीहरुबाट संकलित रु ९३,५०० सहयोग गरिएको हो ।
शनिबार बसेको जिल्ला अध्यक्ष सन्जय लामाको अध्यक्षतामा बसेको बैठकले मिर्गौला पीडित तामाङलाई सहयोग गर्ने निर्णय निर्णय गर्दै सहयोग रकम संकलन गरेको थियो । बैठकमा तरुण दल सिन्धुपाल्चोकका पूर्व वरिष्ठ उपाध्यक्ष एवं कांग्रेस महाधिवेशन प्रतिनिधि कर्म दोर्जे लामा, तरुण दलका पूर्व उपाध्यक्ष कांग्रेस जुगल गाउँपालिकाका सभापति सगुन श्रेष्ठलगायतको उपस्थिति थियो ।




















प्रतिक्रिया