Logo

राजनीति

माधव नेपाल भन्छन्– ‘हामी अर्को कुनै पार्टीमा विलय हुनेवाला छैनौं, नेकपा ब्युँत्याउने भए तयार छौं’



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु कुनै पार्टीमा गएर विलय नहुने स्पष्ट पारेका छन् । उनले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी ब्यूँताउने भए तयार रहेको बताएका छन् ।

शनिबार एकीकृत समाजवादी भक्तपुरको पहिलो जिल्ला अधिवेशनमा अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली तयार भए आफूहरु तयार रहेको बताए ।

‘हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन । कसैकसैलाई लागेको छ, एमाले, एमालेमा त आफैं रुवाबासी चलिरहेको छ । हामी हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौँ, म प्रचण्डजीलाई भन्छु आउनुहोस्, हामी तयार हुन्छौं’, उनले भने, ‘केपीजी तयार हुनुहुन्छ ? नेपाल कम्युनिष्ट पार्टी नेकपा फेरि ब्युँताऔँ ।’

एकीकरण गर्ने हो भने आफ्नो र आफ्नो मान्छेको पदका बारेमा सोच्न नहुने नेपालले बताए । उनले नेकपा एमालेले ७० वर्षको उमेर हद हटाएकामा पनि कटाक्ष गरे ।

‘सल्लाहकार भएर बसे हुँदैन, केटाहरुले राम्रो काम नगरे फेरि आएर जिम्मा लिए भइहाल्छ नि । ७० वर्ष नाघेकालाई बोलाउने, हामी त भयो अब आराम गर्नुहोस्, सल्लाहकार भएर बस्नुस् भन्छौँ, मेरो उमेर भए म पनि बस्छु’ उनले भने ।

प्रकाशित मिति : २७ जेष्ठ २०८०, शनिबार १९:५८   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।