Logo

प्रमुख समाचार

प्रधानन्यायाधीशमा सुनुवाइ समितिबाट हरिकृष्णकाे नाम स्वीकृत भए बढीमा ५० दिन मात्र पदमा रहन पाउने



काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्किविरुद्धको उजुरी आज (सोमबार) संसदीय सुनुवाइ समितिले खाेलेकाे छ । संवैधानिक परिषद्ले २५ वैशाखमा कामु न्यायाधीशर रहेका कार्कीलाई प्रधानन्यायाधीशमा फिारिस गरपछि जेठ १६ मा बसेको सुनुवाइ समितिको बैठकले १० दिनभित्र उजुरी आह्वान गरेको थियो ।

प्रधानन्यायाधीशमा सिफारिस कार्कीविरुद्ध बहालवाला जिल्ला न्यायाधीश र अधिवक्ताहरूलेसमेत गरी २९ उजुरी परेका छन् । उजुरीमाथिको अध्ययन र छलफलपछि यहि साता कार्कीलाई समितिमा बोलाउने तयारी पनि गरिएको छ ।

सुनुवाइ समितिबाट कार्कीको नाम पारित भए उनी करिब डेढ महिना प्रधानन्याधीश रहनेछन् । आइतबार मात्रै कार्कीलाई न्याय परिषद्ले अनिवार्य अवकाशको मिति सम्झाएको थियो । न्याय परिषद् सचिवालयले आइतबार एक पत्र पठाउँदै ६५ वर्षे उमेर हदका कारण आगामी साउन २० देखि अनिवार्य अवकाश पाउन लागेको जानकारी गराएको हो ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार १२:२३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।