Logo

प्रमुख समाचार

विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन गरिँदै



काठमाडौं । विदेशमा रहेका नेपालीहरुको पनि मतदाता नामावली संकलन गरिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार आगामी साउन १ देखि विदेशमा रहेका नेपालीहरुको मतदाता नामावली संकलन सुरु गरिने छ ।

राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय तथा समन्वय समितिको बैठकमा सोमबार प्रमुख आयुक्त थपलियाले यसबारे जानकारी दिएक हुन् । त्यसका लागि विदेशमा रहेका नेपालीलाई अनलाइनमार्फत नेपालमा आफ्नो स्थायी ठेगानामा मतदाता नामावली कायम हुने गरी प्रिरजिस्ट्रेसन गर्न लगाउने आयोगको तयारी छ ।

त्यसपछि सम्बन्धित देशको कुटनीतिक नियोगमा व्यक्तिको फोटो र औंठाछाप संकलन गर्ने आयोगले जनाएको छ । प्रमुख आयुक्त थपलियाका अनुसार पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन गरिनेछ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार १७:१५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।