काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा दायर मुद्दामा आज (मंगलबार)देखि गृहमन्त्री बालकृष्ण खाण पक्षका कानुन व्यवसायीले बहस सुरु गरेका छन् । खाणको पक्षमा बसहका लागि नेपाल बार एसोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरे, पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठलगायत ३४ जना कानुन व्यवसायीले वकालतनामा दिएका छन्।
गत बुधबारदेखि प्रतिवादीहररू तर्फका कानुन व्यवसायीले प्रतिरक्षा बहस गरिरहेका छन् । मंगलबार खाणसहित ६ जना प्रतिवादीको बहस सक्ने अदालतको तयारी छ। तर अभियुक्तहरूको पक्षबाट बहस गर्ने कानुन व्यवसायीह धेरै भएका कारण यो असम्भव जस्तै छ ।
प्रतिवादी पक्षको प्रतिरक्षा बहस सकिएपछि सरकारी पक्षबाट जवाफी बहस हुनेछ। सरकारी पक्षको जवाफी बहसपछि अदालतले थुनछेक आदेश सुनाउनेछ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेले सरकार र प्रतिवादीका कानुन व्यवसायीको बहस र अभियोगपत्रको अध्ययन गर्दै पूर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा रिहा गर्ने निर्णय गर्ने छन्।
थुनामा पठाएमा उनीहरु फैसला नभएसम्म न्यायिक हिरासतमा बस्नुपर्ने छ । धरौटी माग गरेमा तोकिएको धरौटी बुझाएर रिहा हुने छन्। जिल्लाको निर्णय चित्त नबुझेमा उनीहरु उच्च अदालत हुँदै सर्वोच्चसम्म जान सक्नेछन् ।




















प्रतिक्रिया