Logo

प्रमुख समाचार

सत्ता गठबन्धनको बालुवाटार बैठक : आन्तरिक विमतिलाई अन्त्य गरेर बजेट पास गर्ने सहमति



काठमाडौं । सत्तारुढ दलहरुबीच सत्ता गठबन्धनमा देखिएका आन्तरिक विमतिको अन्त्य गरेर अघि बढ्ने सहमति भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा सत्तारुढ गठबन्धन दलहरुबीच देखिएको असन्तुष्टिलाई समाधान गर्ने सहमति बनेको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए।

‘बैठकमा बजेटसहित अहिले पछिल्ला समसामयिक राजनीतिक गतिविधिबारे छलफल भयो’, उनले भने, ‘सबै दलका नेताहरुबीच गठबन्धनमा देखिएको समस्या समाधान गर्ने पक्षमा हुनुहुन्छ ।’

नेता श्रेष्ठका अनुसार बैठकमा बजेटमा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालसहितका नेताहरूले राखेको असन्तुष्टिलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएका छन् । ‘बजेट पास गरेर असन्तुष्टिका विषयलाई सम्बोधन गरेर जाने कुरा भएको छ। उहाँहरूले पनि आफ्नो कुरा राख्नुभयो। प्रधानमन्त्रीले पनि आफ्नो कुरा राख्नुभयो।’

यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले बजेट संशोधन नगरे पारित गर्न नदिने चेतावनी दिएका थिए । त्यसपछि सोमबार प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर छलफल गरेका थिए । बजेटप्रति जसपाको पनि असन्तुष्टि जनाएको थियो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार १५:२७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।