Logo

राजनीति

मुख्यमन्त्री यादवलाई दोश्रो पटक प्रदेशसभाले गर्‍याे विश्वास, एमालेले पनि पक्षमै हाल्याे मत



काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले दोश्रो पटक प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । जेठ १ गते समर्थन फिर्ता लिएको प्रमुख प्रतिक्षी नेकपा एमालेसहति सदनका सबै दल र स्वतन्त्र सांसदले यादवलाई विश्वासको मत दिएका छन् ।

१०७ सदस्यीय प्रदेशसभामा उनको विश्वासको मतको पक्षमा मतदानमा भाग लिएका सबैको १०३ मत परेको छ । बैठकमा १०५ जना उपस्थित रहेकोमा सभामुख र उपसभामुखले मत हालेनन् । यसअघि पहिलो पटक मुख्यमन्त्री यादवले माघ ४ गते प्रदेशसभामा सिंगो मत पाएका थिए ।

पुस २७ गते मधेश प्रदेशसभाको ठूलो दल नेकपा एमाले सहितका दलको समर्थनमा जसपा संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका थिए । समीकरण फेरिएपछि चैत २१ मा मधेश सरकारबाट बाहिरिएको एमाले जेठ १ गते समर्थन फिर्ता लिएको थियो ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिन प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । सोही प्रभावधानअनुरुप मंगलबार मुख्यमन्त्री यादवले प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलवार २०:१८   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।