काठमाडौं । जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ ।
न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने धरौटीमा छाड्ने आदेश गरेको छ । अदालतले प्रतिवादी लक्ष्मी महर्जनलाई पाँच लाख र टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको हो।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै ठगी कार्यमा संलग्न रहेको अभियोगमा पूर्व गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता खाण, नेकपा एमाले नेता र रायमाझी र बहालवाला सचिव टेकनारायाण पाण्डेसहित १८ जना पक्राउ परेका थिए। उनीहरुमाथि संगठित अपराध, कीर्ते, ठगी तथा राज्यविरुद्धको आरोपसहित पाँच अभियोग दाबी गरिएको छ।




















प्रतिक्रिया