Logo

प्रमुख समाचार

समाजवादी मोर्चाका नेताहरूको बैठक बालुवाटारमा जारी



काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रसहितका दलहरुले बनाउने भनेको समाजवादी मोर्चा गठनका लागि  प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी छ ।

बैठकमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरू छलफलमा रहेको बालुवाटार स्रोतले जनाएको छ ।

आगामी समाजवादी मोर्चा  घोषणाका विषयमा  छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच छलफल भइरहेको छ ।

आजको छलफलमा मोर्चाको घोषणा मितिको टुंगो लाग्नेछ । ७ गतेभित्र मोर्चाको घोषणा गर्ने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०८०, आईतवार १०:३५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।