Logo

प्रमुख समाचार

संसद्‍मा सांसदले भने– ‘राजदूत शर्माको अभिव्यक्ति आपत्तिजनक, तत्काल फिर्ता बोलाएर स्पष्टीकरण सोध्नुपर्छ’



काठमाडौं । भारतका लागि नेपाली राजदूत शंकर शर्माको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा सांसदले आपत्ति जनाएका छन् । राजदूत शर्माले नेपालमा भारतमात्रै देखिएको र भारतको अखण्ड भारतको नक्साले कुनै प्रभाव नपर्ने भनेर दिएको अभिव्यक्तिप्रति सांसद प्रेम सुवालले आपत्ति जनाएका हुन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद सुवालले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीभन्दा पनि अगाडि बढेर भारतका लागि नेपाली राजदूतले अभिव्यक्ति दिएको बताए ।

‘भारतका लागि नेपाली राजदूत शंकर शर्माले नेपालमा चीन कता छ र ? जताततै भारत नै देख्छु, चीनको बीआरआईले लोन दिन्छ, सर्त पनि राम्रो छैन, ‘डेब्ट ट्र्याप’मा पार्छन् भनेको र अखण्ड भारतको नक्साले कुनै इफेक्ट गर्ने कुरा रहँदैन भनेर बताएको भनेर नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत बोल्नुभयो’ सुवालले भने, ‘तत्काल राजदूतलाई परराष्ट्र मन्त्रालयले फिर्ता ल्याउनुपर्‍यो र स्पष्टीकरण सोध्नुपर्छ । राजदूतले प्रधानमन्त्री, परराष्ट्रमन्त्रीले भन्दा अघि असंलग्नताभन्दा अगाडि बढेर बोलिरहेको छ ’

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १३:५३   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।