Logo

राजनीति

प्रतिगामीहरूका विरुद्ध समाजवादी मोर्चा युद्धको घोषणा हो : प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हजारौं जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन खोज्नेहरुका विरुद्ध समाजवादी मोर्चा युद्धको घोषणा भएको बताएका छन् । उनले देशलाई पुनः निरंकुशतातिर लैजान खोज्ने र फेरि अँध्यारोतिर देशलाई डोर्याउन खोजनकाविरुद्ध मोर्चा बनेको उनको चेतावनी छ ।

राष्ट्रियसभा गृहमा सोमबार आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड भने, ‘हजारौं जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन खोज्नेहरुका विरुद्ध समाजवादी मोर्चा युद्धको घोषणा हो ।’

प्रकाशित मिति : ४ असार २०८०, सोमबार १८:२१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।