काठमाडौं । विनियोजन विधेयकमाथिको छलफलका लागि शहरी विकास मन्त्रालय अन्तर्गतको पुस्तकमा प्रदेशको नाम गायब पारिएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाएको छ । शहरी विकास मन्त्रालयको पुस्तकमा कोशी र लुम्बिनी प्रदेशको नाम नराखिएको भन्दै एमाले सांसदहरुले आपत्ति जनाए ।
पुस्तकको ५०औं ठाउँमा प्रदेशको नाम नराखी प्रदेश १ र प्रदेश ५ भनेर उल्लेख गरिएको भन्दै सुरुमा एमाले सांसद सूर्य थापाले आपत्ति जनाए । त्यसपछि सभामुख देवराज घिमिरेले यसबारे के भएको हो भनेर जवाफ दिन शहरी विकास मन्त्री सीता गुरुङलाई समय दिए ।
मन्त्री गुरुङले त्रुटि भएको स्वीकार्दै सच्याउने प्रतिवद्धता जनाइन् । त्यसपछि सभामुखले सच्याउने सर्तसहित विनियोजित शीर्षका छपलफल अघि ढाउन आग्रह गरे । तर एमाले सांसदहरुले मानेन् ।
त्यसपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रेमश लेखकले सभामुखको रुलिङ सबैले मान्नुपर्ने बताए । ‘विनियोजन विधेयकको विभिन्न शीर्षकमाथि छलफल भइरहेको छ । हिजो पनि यो विषय उठेको हो । यो सरकारले नै त्रुटि नगरी ल्याउनुपर्छ । विषय उठसिकेपछि सभाुमखले रुलिङ गरेपछि त सबैले मानेर जानुपर्ने होइनर ? सरकारले बोलिसक्यो त्रुटि सच्याउने भनेर भनिसक्यो । सभामुखको रुलिङ पनि नमान्दा हामी अर्कै ठाउँमा पुग्छौं’, उनले भने ।
पर्यटन मन्त्रालयको सन्दर्भमा पनि यस्तै त्रुटि भएको थियो । त्यसपछि छलफललाई नै रोकेर सभामुखले सच्याउन निर्देशन दिएका थिए । आज भने सच्याउने सर्तसहित छलफललाई अगाडि बढाउनुपर्ने बताएपछि पनि एमाले सांसदहरुले सभामुखको रुलिङ नै मानेन् । बरु उल्टै एउटै विषयमा फरकफरक रुलिङ गरेको भन्दै एमाले सांसद रघुजी पन्तले सभामुखमाथि नै प्रश्न तेर्स्याए ।
‘सभामखुले दिएको रुलिङमा एक रुपता हुनुपर्छ । नागरिक उड्यान मन्त्रालयको रोकेर सच्याउन भनिएका थियो । आज छलफल गरौं भन्दा हुँदैन । जबसम्म प्रदेशको नाम सच्चिएर पुस्तक आउँदैन, तबसम्म छलफल अघि बढ्दैन’, उनले भने ।
एमालेकाे विराेधपछि सभामुखले बैठक नै १५ मिटेका लाग भनेर स्थगित गरेका छन् ।




















प्रतिक्रिया