Logo

प्रमुख समाचार

सुदूरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटना, मन्त्रीसहित चारजना घाइते



बझाङ । सुदूरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ ।

सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा दुर्घटना भएको हो । गाडी सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको छ । दुर्घटनामा परि मन्त्री सिंहसहित चार जना घाइते भएका छन् ।

खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ॠतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी तीन जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ ।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सोमबार धनगढीबाट बझाङका लागि हिडेका थिए  । मन्त्रीको गाडीमा मन्त्री सिहकी श्रीमती समेत सवार रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलवार १४:४७   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।