काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालय सरेको छ । बसुन्धरास्थित ८ कोठे भवनमा रहेको रास्वपा कार्यालय नजिकैको ६ तले भवनमा सरेको हो ।
कार्यालयको मासिक भाडा ३ लाख ५० हजार रहेको छ । कार्यालयमा बिहीबार चियापान कार्यक्रम राखिएको छ ।
रास्वपा महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालका अनुसार कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरूलाई बोलाइएको छ ।
चियापान कार्यक्रमपछि पत्रकार सम्मेलनसमेत गरिने प्रवक्ता ढकालले बताएका छन् ।




















प्रतिक्रिया