Logo

प्रमुख समाचार

साइबर अपराध र बैंकिङ कसुरका मुद्दा अब जिल्ला अदालतमै चल्ने



काठमाडौं । साइबर अपराध र बैंकिङ कसुरसम्बन्धी मुद्दा अब जिल्ला अदालतहरूमै चल्ने भएको छ । सरकारले जिल्ला अदालतहरुलाई नै यस्ता मुद्दा सुरू कारबाही र किनारा लगाउने अधिकार दिएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले साइबर अपराध र बैंकिङ कसुरका मुद्दामासमेत जिल्ला अदालतको क्षेत्राधिकार राख्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा सरकारले विद्युतीय कारोबार ऐन २०६३ को दफा ६० को उपदफा ५ बमोजिम सोही ऐनको परिच्छेद ९ का कसुरहरूको सुरू कारबाही र किनारा लगाउने अधिकार सबै जिल्ला अदालतलाई दिने निर्णय गरेको हो ।

ऐनले त्यस्ता मुद्दामा न्यायिक कार्य गर्न सरकारले न्यायाधिकरण गर्नुपर्ने नभए कुनै निश्चित अदालतलाई त्यस्तो अधिकार दिन सक्ने व्यवस्था गरेको छ । तर, मन्त्रिपरिषद् बैठकले ऐनको दफा ६० (५) बमोजिम न्यायाधिकरण गठनको सट्टा सबै जिल्ला अदालतहरूलाई त्यस्तो अधिकार दिएको हो ।

 

प्रकाशित मिति : ६ असार २०८०, बुधबार १७:३१   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।