Logo

प्रमुख समाचार

अनिलकेशरी शाह रास्वपामा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी



काठमाडौं । पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । रास्वपा प्रवेश गरेसँगै शाह प्रशिक्षण विभाग प्रमुख बनेका हुन् ।

वैकल्पिक राजनीतिको पक्षमा लामो समयदेखि बहस गर्दै आएका शाह रास्वपाको पहिलो बार्षिकोत्सवको दिन पारेर पार्टी प्रवेश गरेका छन् । उनलाई आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले बताए । पार्टी सभापति रवि लामिछानेले शाहलाई दलको लोगो लगाएर जिम्मेवारी प्रदान गरेका थिए ।

शाह नबिल बैंक, मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन् । रास्वपाले बिहीबार दिउँसो १ बजेदेखि चियापान कार्यक्रम आयोजना गरेको छ ।

प्रकाशित मिति : ७ असार २०८०, बिहीबार ११:५८   :  बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।