विराटनगर । कोशी प्रदेश सरकारले बाढी र पहिराे पीडितलाई वितरण गर्न सम्बन्धित जिल्लामा राहत सामाग्री पठाएको छ । ताप्लेजुङ, पाँचथर र सखुवासभाका बाढी पीडितलाई वितरण गर्नका लागि प्रदेश सरकारले राहत सामाग्री सम्बन्धित जिल्लामा पठाएको हो ।
बाढी र पहिरोमा परी मृत्यु भएका मृतकका आफन्तलाई प्रदेश सरकारले प्रति मृतक एक लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो । ६ जना मृतकका आफन्तलाई वितरण गर्न सम्बन्धित जिल्लामा राहत पठाएको मुख्यमन्त्री सचिवालयले जनाएको छ । ताप्लेजुङका लागि तीन, पाँचथरमा तीन जनालाई वितरणका लागि सो रकम पठाएको हो ।
सरकारले बाढी पहिरोमा क्षतिग्रस्त भएका सखुवासभाका १७ वटा घर पुनः निर्माणका लागि राहातस्वरुप सात लाख ५० हजार रुपैयाँ पनि पठाएको छ । पूर्ण क्षति भएका १३ वटा घर पुनः निर्माणका लागि प्रति घर ५० हजार र आंशिक क्षति भएका चार वटा घर पुनःनिर्माणका लागि ३० हजारका दरले राहत रकम मुख्यमन्त्री सचिवालयले जनाएको छ ।
संखुवासभाबाट भने मृतकको विवरण आइनसकेका कारण राहत पठाउन बाँकी रहेको मुख्यमन्त्री सचिवालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको विवरण अनुसार प्रदेशले राहत पठाएको हो ।






















प्रतिक्रिया