राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले असहिष्णु भएर सामाजिक सञ्जालमा कसैप्रति टिप्पणी नगर्न आफ्नो पार्टीका समर्थकहरुलाई आग्रह गरेका छन् ।
सामाजिक संजालमा रास्वपाका समर्थक तथा कार्यकर्ता गालिगलौजमा उत्रिएको भन्दै आलोचना भइरहेका बेला सभापति लामिछानेले यस्तो व्यहोरा नदेखाउँन आग्रह गरेका हुन् ।
रास्वपा धादिङ काठमाडौं सम्पर्क भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै सभापति लामिछानेले समर्थकबाट तल्लोस्तरमा गएर गागिलौज गर्दा पार्टी र नेताहरुलाई अप्ठेरो पर्ने गरेको बताए ।
उनले भने ‘हामीमाथी सामाजिक संजालमा अशहिष्णु टिप्पणी गर्ने, असाध्यै गालिगलौज गर्ने गरेको आरोप छ । तपाईहरुले त्यस्तो गरिदिँदा दलका नेतालाई असर गर्छ । हामीलाई माया गर्ने, समर्थन गर्ने साथीहरुसँग बिन्ति नगरे मैले कसका अगाडि गर्ने रु हामीले घृणा फैलाउने होइन । आलोचनालाई तल्लो तहमा गएर टिप्पणी गर्न हुन्न ।’
लामिछानेले माया गर्न पनि जान्नुपर्ने भन्दै रास्वपा समर्थकले आफ्ना नेताहरुका बारेमा आएका टिप्पणीबाट असाध्यै चित्त दुःखाएर गाली गर्दा सामाजिक संजाल नै डिएक्टिभ गरेर हिड्ने अवस्था आउन नहुने बताए । उनले तर्कहीन मान्छेले मात्र गालिगलौज गर्ने बताए ।




















प्रतिक्रिया