Logo

राजनीति

प्रेस युनियन काठमाडौं शाखाको अध्यक्षमा गौतम र सचिवमा अधिकारी निर्वाचित



काठमाडौं । प्रेस युनियनको काठमाडौं शाखाको अध्यक्षमा महेश्वर गौतम र सचिवमा सन्तोष अधिकारी विजयी भएका छन् ।

आज काठमाडौंको लैनचौरमा भएको निर्वाचनमा काठमाडौं शाखाको प्रेस युनियन अध्यक्षमा महेश्वर गौतम विजयी भएका हुन । त्यस्तै सचिवमा सन्तोष अधिकारी विजयी भएका छन् । अध्यक्षमा दिलिप प्रकाश कार्की, र महेश्वर गौतमले उम्मेदवारी दिएका थिए । त्यस्तै सचिवका लागि केशवप्रसाद पाण्डे र सन्तोष अधिकारीले उम्मेदवार दिएका थिए ।

युनियनले उपाध्यक्ष, सहसचिव, कोषाध्यक्ष र सदस्यहरु सर्वसम्मत टुंगो लगाएको थियो । उपाध्यक्षमा रोमन आचार्य, कल्पना खड्का र श्रद्धा कोइराला चुनिएका छन । त्यस्तै सहसचिवमा पूजा बगाले र कोषध्यक्षमा प्रदिप कार्की चयन भएका छन् । अन्य २५ जना सदस्यहरुसमेतको प्रेस युनियन काठमाडौं शाखाको कार्यसमिति बनेको छ ।

No description available.

कुल ४५२ मत खसेकोमा अध्यक्ष गौतमले ३१० मत ल्याएर विजयी भएका थिए भने उनका प्रत्यासी कार्कीले १२९ मात्रै मत ल्याएका हुन । त्यस्तै सचिवमा अधिकारीले २८५ मत ल्याएर विजयी भए भने उनका प्रत्यासी पाण्डेले भने १५९ मात्रै मत प्राप्त गरे ।  ११ मत भने बदर भएकाे छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

प्रकाशित मिति : ११ असार २०८०, सोमबार २०:४५   :  बजे

84
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।